Join MultiplyOpen a Free ShopSign InHelp
MultiplyLogo
SEARCH

sangam's Site

Homehi kalebubaApr 18, 2009
रगतको नाता त साइनो मात्र हो स्वाच्छ मनको परीचय नै प्यारो हुन्छ
.
Photo AlbumPhotosJun 2, 2009
.
.
MusicMusicApr 19, 2009
नमस्ते मेरो यो दुखी रामजी शाहीको तर्फबाट ।
आयको म म्याग्दी अर्थुङे ४ जामुनाखर्कबाट ।
अहिलेत म मुग्लान पारीबाट ।
सातसमुन्द्र अनी बालुवाको घारीबाट
हजुरलाई सम्झेर फेरिपनी ।
जोड्दै छ यो रामजी दुइहात
   View All
..
.
.
VideoVideoApr 20, 2009
.
ReviewReviewsJul 4, 2009
Thumbnailकेही वर्षको प्रेमपछि दिवाकर र कृपाको भर्खरै विवाह भयो । विवाहको आपसी सौगातको रुपमा उनीहरूले आफ्नो कुमार-कुमारित्व साँचेर राखेका थिए । विवाहको उत्साह र व्यस्तता समाप्त भएको छ र अब उनीहरू सामान्य जीवनतिर फर्केका छन् । दुवैले यौन र त्यसबाट प्राप्त हुने... more
Previous reviews:
Apr 18-sangambhaneko ma
Apr 18-mayako
   View All
.
NoteGuestbook
   
sangam2097 wrote on Apr 18, '09
वास्तवमा मैले चिनेकै छैन ऊ को हो भनेर। नाम, थर, ठेगाना, केही थाहा छैन। ऊ जो भए पनि मलाई के सरोकार। मलाई त निदाउने बेलामा उसको बोली चाहिन्छ। उसको सुमधुर हाँसो चाहिन्छ, जसले मलाई आनन्द दिन सहयोग गर्छ। उसको परिचय थाहा नभए पनि फोनमा गफ गर्न थालेको वर्षै भएछ। कहिलेकाहीँ भेट्ने आशक्ति बढेर आउँथ्यो, देख्‍ने इच्छा चुलिन्यो। तर हामीहरु पृथ्वीको दुई ध्रुवमा विभाजित थियौँ।

ऊ आफ्नै दुनियामा त म आफ्नै संसारमा थिएँ। खै कसरी उसले मेरो नम्बर पायो, म भन्न सक्दिनँ। तर जुन दिन आत्मीय भावको बोली सुनेँ, त्यसपछि मेरो मन चाहीँ ऊतर्फ दौडिन थाल्यो। राजधानीमा बसेर फोन, बाइक, पैसा, कम्प्युटरसँगै दौडिने उसको दैनिकी क्रमशः मसँग घण्टौ गफेर सन्तुष्टि लुट्न अभ्यस्त बनेको थियो। सम्पन्न परिवारको ऊ संभवतः मबाट के पाउने सोचमा थियो, म अनभिज्ञ थिएँ। तर जब रात छिप्पिँदै जान्थ्यो, म उसको फोनको प्रतीक्षामा आत्तिएकी हुन्थे।

शुरुवातका दिनमा उसले गर्ने सम्बोधन अप्ठ्यारो लागे पनि बिस्तारै उसको प्रिय बोलीमा डुब्दै गएकी थिएँ। दिन बित्यो, महिना बित्यो, वर्षौँ बित्यो, उसको नाम सोध्ने आवश्यकता समेत ठानेकी थिइनँ। न त उसले नै सोधेको थियो। मात्र सानुको सम्बोधन गर्थ्यो। आफैलाई नढाँटी भन्नुपर्दा मनले माया गर्ने ऊ कदापि हैन, मात्र बोलीमा अल्झिएकी थिएँ।

मौसम बदलियो, जाडो याम सकिएर बसन्त ऋतुको आगमन भयो। लेकमा राताम्मे लालिगुराँस, बेसीमा प्याउली, सुनगाभा र गुलाब फक्रिन थाले। प्रकृतिले नयाँ रुप फेर्दै थियो। हाम्रो सम्बन्ध पनि अझ कस्सिँदै थियो। म विवाहित हो भन्ने थाहा पाउँदापाउँदै पनि उसले मलाई माया गर्ने र नपाए मर्ने कुरा समेत गर्न थाल्यो। साथमा मलाई जे जस्तो अवस्थामा पनि स्वीकार्ने बतायो।

यसबारे म केही बोलेकी थिइनँ। सबै कुरा भेटेर बताउने सुरमा थिएँ। घरमा सानी छोरी थिई। श्रीमान विदेशमा हुनुहुन्थ्यो। सबै कुरा भेटेरै बताउँछु भन्ने सुरमा थिएँ। वास्तवमा एक्लोपनको सहारा बनेको थियो उसको फोन। उता श्रीमानसँग पनि बेलाबेलामा टेलिफोन वार्ता भैरहन्थ्यो। अचानक उसले भेट्ने कुरा बतायो। नयाँ वर्षको दिन सिद्घबाबा मन्दिर अगाडि भेट्ने निधो भो। साथमा मैले साथी पनि लान पाउने भएँ।
ऊ कस्तो छ ? के भन्छ होला ?मेरो साथमा छोरी देख्दा के गर्ला ? यी र यस्तै प्रश्नसँगै समय बितेको पत्तै भएन। जब पहिलो पटक ऊसँग देखादेख भो, सेतो सर्ट, कालो पाइन्ट र कालो चस्मामा निकै सुन्दर देखिन्थ्यो। साथमा दुई जना साथी पनि थिए। जब उसले हेलमेट फुकालेर निकै सहज रुपमा आत्मीय भावले काखमा लियो, म बोल्नै सकिनँ। हल्का हाँसो सँगै बोल्यो —अञ्जु, अझै मलाई चिनिनौ ? म उही अनिल, जसलाई तिमीले कहिल्यै माया गरिनौ। मेरो मुटुले ठाउँ छोड्यो। संसार भासिए जस्तो भो। शरीर काँपेर थचक्कै बसेँ। छोरीलाई हेरेँ, अंकल अंकल भन्दै खेलिरहेकी थिई। विगत सम्झिएँ —एउटै कक्षामा पढ्ने अनिल, सदा पछि लाग्ने गर्थ्यो। उसले पठाएका अनेकौँ प्रेमपत्र मैले बिहेको अघिल्लो दिन च्यातेर फालेकी थिएँ। वास्तवमा मैले उसलाई कहिल्यै माया गरिनँ। चिठी पठाएको बहानामा स्कूलको मन्चमा लगेर सरबाट पिटाएकी थिएँ। फोनमा कहिलेकाहीँ श्रीमान्, घर परिवारका गल्ती र कमजोरी पनि उसलाई सुनाउने गर्थेँ। फोनमा गफ गर्ने अनिल यही नै हो भनेर विश्वास गर्न सकिरहेकी थिइनँ।

केही बेरपछि ऊ बोल्यो —अञ्जु, धेरै प्रयास गरेँ। तर तिमी बिना बाँच्नै सकिनँ। त्यसैले यो सब गरेँ। आज त तिमी तयार छौ हैन ? म तिम्रो सिउँदो अहिले तत्कालै भर्न चाहन्छु बिन्ती आज हुन्छ भन है। तिम्रो छोरीलाई तिमीले भन्दा माया गर्नेछु। आज पनि तिमीले नाइँनास्ती गर्‍यौ भने अब फेरि अनिललाई कहिल्यै देख्‍न पाउने छैनौँ। म केही बोल्न सकेकी थिइनँ। उसलाई सीधा नजरले हेर्ने साहस पनि थिएन। छोरीलाई समाएर आफ्नो बाटो लागेँ। अनिल रोक्ने प्रयास गर्दै थियो। म केही नबोली घर फर्केँ। उसलाई जवाफ दिन केही शब्द बाँकी थिएन मसँग। साँझ मोबाइलमा फोन गरेँ। स्वीच अफ थियो। आफूले चाहेको कुरा पाउनको लागि उसले गरेको चलाखिपन वास्तव मै तारिफयोग्य थियो। त्यस दिनदेखि अफ भएको उसको मोबाइल अहिलेसम्म खुलेको छैन। ऊ कहाँ गयो, के गर्दैछ मलाई वास्तवमा केही थाहा छैन। ऊ हराउनुमा मेरो दोष कहाँनिर छ, मलाई केही थाहा छैन।
.